याे वर्ष माछापुच्छ्रे बैंकका सेयरधनीकाे हात खालि
१ पुस, काठमाडाैं । माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हाे । बैंकले लाभांश वितरण नगर्ने घाेषणा गरेसँगै याे बर्ष सेयरधनीकाे हाल खालि हुने भएकाे छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्ताव सहित आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्ने बैठकले निर्णय गरेको छ।
राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणमा स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको छ।
नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । यस अघि लक्ष्मी बैंक र सनराइज बैंकले पनि लाभांश बितरण नगर्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति : December 16, 2022 at 2:06 pm









