१० असार २०८३, बुधबार | Wed Jun 24 2026

 चाेरीको मोबाइलसहित नुवाकोट त्रिशूलीका मनिष बस्नेतसहित चार जना  पक्राउ

५ असोज,भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर भई हाल सल्लाघारी बस्ने १८ वर्षीय अमोद चौधरी छन् ।

दोलखा गौरीशङ्कर गाउँपालिका घर भई हाल मध्यपुर थिमी नगरपालिका– ४ कमेरोटारमा डेरा गरी बस्ने प्रवीण कार्कीको मोबाइल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विभिन्न ठाउँमा चोरी गरिएको मोबाइलसहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 21, 2018 at 6:29 pm