५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नेपाल मेडिसिटी र मध्यपुर अस्पताल बीच बिरामी साट्ने सम्झौता 

५ असोज, काठमाडाैँ । ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा. राम कृष्ण श्रेष्ठले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा अाएको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले यस सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताउनुभयो । दुइ अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको हो ।

प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा मध्यपुर अस्पतालका अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।

अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान रहनेमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले विश्वास व्यक्त गर्नुभयो । सम्झौता अनुसार सम्भव भएका उपचार मध्यपुर अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १८:११