२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

यस्तो छ शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर


१ पुस, काठमाडौं । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर ९२ पैसाले ओरालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ । अघिल्लो दिन भने यस्को खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसामा भएको थियो ।

यता, क्यानेडियन डलर एकको खरिद दर भने ९७ रुपैयाँ ३६ पैसा र बिक्री दर ९७ रुपैयाँ ८० पैसा तोकिएको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ एक पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा कायम छ। बिहीबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९१ पैसा र बिक्री दर ३० रुपैयाँ चार पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १२:०८