२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

नेपाल बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

१ पुस, काठमाडाैं । नेपाल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

बैंककाे आज पुस १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : December 16, 2022 at 11:35 am