बिन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बोनस कति ?
१ पुस, काठमाडाैं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।
मंसिर २९ गते विहिबार बसेको कम्पनीको संचालक समितीको बैंठकले उक्त आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न पुस २२ गतेका लागि बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैठौ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ भने सभामा सेयरधनीहरु भर्चुअल माध्यामबाट समेत सहभागी हुन सक्नेछन् ।
सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र लाभांश लिन र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १०:०३