२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

प्राइम कमर्सियल बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१ पुस, काठमाडाैं । प्राईम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

बैंकको मंसिर २९ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : December 16, 2022 at 9:54 am