६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

-प्रदीप घिमिरे

२९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आज विहान र निकुञ्ज भित्र अमलटारी सेक्टरको कुजौली रेञ्ज पोस्ट नजिकै नारायणी नदी किनारमा रहेको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा हिजो बृधबार मृत फेला परेको हो । सो गैंडाको खाग पलाएको छैन ।

आज बिहान भेटिएको १५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । सो गैंडाको खाग र खुर भने सुरक्षित छन् ।

प्रकाशित मिति : December 15, 2022 at 2:54 pm