२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

राष्ट्रिय वाणिज्य बैंकले पायो ‘थर्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक-२०२२’ अवार्ड

https://www.muktinathbank.com.np/online/loan-application

२९ मंसिर, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा ‘थर्ड मेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इअर–२०२२’ अवार्ड प्राप्त गरेको छ। यो अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए।

अर्थमन्त्री माननीय जनार्दन शर्माले उद्घाटन गरेका कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो ।

सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

प्रकाशित मिति : December 15, 2022 at 2:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/