७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एमालेले पुष ५ गते सांसदहरुको भेला गर्ने

२९ मंसिर, काठमाडौं । नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासको जानकारी दिन पुष ५ गते काठमाडौंमा भेला गर्ने भएको छ ।

पुस ५ गते काठमाडौंको कमलादीमा भेला आयोजना गरिएको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले प्रतिनिधिसभा र सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए । भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम तय भएकाे हाे ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना सांसद निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् । यो सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २३९ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : December 15, 2022 at 1:29 pm