२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२९ मंसिर, काठमाडाैं । साताकाे पाचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो।

योसँगै बिहीबार छापावाल सुनकाे मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीकाे मूल्य तोलामा १० रुपैयाँले बढेर  १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ११:४०