२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, बिहीबारबाट किनबेच गर्न सकिने

२८ मंसिर, काठमाडाैं । मर्जर प्रयोजनका लागि रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) कम्पनीकाे आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हाे।

अब मंसिर २९ गते बिहीबारबाट रिलायन्स लाइफको सेयर कारोबारमा आउनेछ। रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन्। यी दुवै कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएसँगै गत असार ३० गतेबाट रिलायन्स लाइफको सेयर कारोबार रोक्का गरिएको थियो।

प्रकाशित मिति : December 14, 2022 at 4:52 pm