२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

धनुषा- ४ मा पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादवद्वारा सर्वोच्चमा रिट दायर

२८ मंसिर, काठमाडौं । धनुषा-४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा यादव पराजित भएका थिए ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा यादवले दर्ता गराएको रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठलाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १५:५९