२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक, बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

२८ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज मंसिर २८ गते बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले आज सार्वजनिक गरेको हो ।

दलहरूले चयन गरी पठाएका नाम क्लस्टर मिले वा नमिलेको छानबिन गरी आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो। प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

साथै पुस २ मा आयोगले प्रदेश सभा निर्वाचन परिणामसहितको प्रतिवेदन सातै प्रदेश प्रमुखहरूलाई पनि बुझाउने भएको छ। आयोगले मंसिर २९ गते बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १४:३७