२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता, के भयो कुराकानी ?

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।प्रतिनिधिसभा चुनावपछि वामपन्थी गठबन्धनको चर्चा चलिरहेको समयमा मंगलबार साँझ ओलीलाई भेट्न बालकोट पुगेका महासचिव गुरुङले त्यहाँ करिब १ घण्टा बिताएका थिए ।

ओलीलाई भटेर चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए । उक्त भेटका क्रममा समसामयिक विषयमा सामान्य कुराकानी भएको जनाइएकाे छ । उनीहरूबीच भेटकाे क्रममा सरकार गठनको विषयमा कुनै पनि छलफल नभएकाे जनाइएकाे छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १४:०५