३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

फेरि बढ्याे सुनकाे मूल्य, ताेलाकाे १ लाख १ हजार रुपैयाँ


२८ मंसिर, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँ कायम भएको  महाघंले जनाएकाे छ । अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो चाँदीकाे मूल्य स्थिर रहँदै १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १२:३१

https://srdb.com.np/