२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

नेपाल एसबिआई बैंककाे नयाँ शाखा बुढानिलकण्ठमा संचालन

२८ मंसिर, काठमाडाैं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा बुढानिलकण्ठमा आफ्नो नया शाखा संचालनमा ल्याएको । सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले गरेकी थिइन् ।

उक्त समारोहमा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत  दीपक कुमार दे, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन,बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृतयादवेंद्र कांत, नयाँ व्यवसाय प्रबर्धन सल्लाहाकार छपिराजपन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पाेरेट अफिसका साथै १३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : December 14, 2022 at 11:32 am