२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

गाउँपालिका महासंघमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल सदस्यमा निर्वाचित

२७ मंसिर, नुवाकोट । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट सदस्यमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन । मंगलबार सर्वसम्मत रूपमा छानिएको राष्ट्रिय समितिमा नुवाकोटका २ जना परेका हुन ।

नेपाली कांग्रेसको कोटामा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया सदस्यमा निर्वाचित भएका छन भने नेकपा माओवादी केन्द्रको कोटामा तादी गाउँपालिकाकी उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचति भएकी छिन ।

महाधिवेशनबाट अध्यक्षमा नेपाली कांग्रेस निकटकी लक्ष्मी पाण्डे सर्वसम्मत भएकी छिन । पाण्डेको नेतृत्वमा ३६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद धितालले जानकारी दिए ।

अध्यक्षमा सर्वसम्मत भएकी पाण्डे नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन । गत वैशाखको स्थानीय निर्वाचनमा उनी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा विजयी भएकी थिइन । उनी नेपाली कांग्रेसको नेतृ हुन ।

त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रसकै नेता जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही निर्वाचित भएका छन ।त्यस्तै महासचिवमा नेकपा एमाले नेता एवं स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा निर्वाचित भएका छन । निर्वाचितहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार २१:३२