२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

इलाम-१ मा पुन मतदानकाे माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट

२७ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम–१ मा पुन मतदान गर्नुपर्ने माग गरेका छन् । उनले इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका हुन् । खनाल धाँधली गरेर एमालेले चुनाव जितेकाे भन्दै  मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा खनालले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् । इलाम–१ मा खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १७:१७