२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काठमाडौं उपत्यकाका मुख्य यी चोकहरुमा सवारी चाप

२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकहरूको सवारी चापमा चलिरहेका छन्। त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, लैनचौर, पुतलीसडक, मित्रपार्क, ग्वार्को, सातदोबाटो लगायतका चोकमा सवारी चापका कारण केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै थली-साँखु सडक खण्ड भने मर्मत भइरहेकोले साँखुबाट थलीतर्फ आउने सबै प्रकारका सवारी साधनलाई डाइभर्सन गरिएको पनि प्रहरीले जनाएको छ । बौद्धबाट थली हुँदै साँखुतर्फ जाने दुई पाङ्ग्रे तथा साना चार पाङ्ग्रे सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १६:४२