सेयर बजारमा सामान्य अंककाे गिरावट, कारोबार रकम ७७ करोडमा खुम्चियो
२७ मंसिर, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजारमा सामान्य अंककाे गिरावट आएको छ । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार दाेहाेराे अंकले बढेकाे सेयर बजार मंगलबार फेरि घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । यस दिन २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड १७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १५:२३












