डीडीसीमा डेढ करोडको प्लास्टिक ‘गायब’
५ असाेज, काठमाडौँ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधर दही प्याकेजिङ गर्ने प्लास्टिक ग्लोबल टेन्डरमार्फत आयात गर्छ । एक केजी स्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३०० प्याकेट दही प्याकेज गर्छ ।
आर्थिक वर्ष २०७३–०७४ मा ८० लाख ८७ हजार रुपैयाँको बढी प्लास्टिक देखियो । यो मूल्य बराबरको प्लास्टिकमा दूध र दही प्याकेजिङ भएर बिक्रि भएको देखिएन । यति ठूलो परिमाणको प्लास्टिक अनियमितता भएको पाइएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । त्यसको अघिल्लो आर्थिक वर्षमा समेत गरी डेढ करोड बढी आर्थिक अनियमितता भएको समाचारमा उल्लेख छ
प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार ०८:०६