१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अवैध ६० क्विन्टल चिनीसहित ३ जना पक्राउ

२७ मंसिर, काठमाडौं । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनीसहित ३ जना पक्राउ परेका छन् । पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ५ स्थित धनगडवाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

सोही जिल्लाको प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षिय धिरेन्द्र कुमार चौधरी, २० वर्षिय किरण कुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनी बस्ने रोशन चौधरीलाई उक्त चिनीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

लु १ च ५९६३ र लु २ च ६५५३ नम्बरको पिकअप गाडीमा राखेर ल्याउँदै गरेको चिनीसहित गाडीका चालक तथा सहचालकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीको लागि उनीहरूलाई भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको जनाइएकाे छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १२:३७