३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

आज पनि घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२७ मंसिर, काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। यस दिन छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।

साेमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूलय भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ११:०९

https://srdb.com.np/