२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जाजरकोटमा यात्रुवाहक जीप भीरबाट खस्दा ९ जनाको मृत्यु

२६ मंसिर, सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा  भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १८:५४