२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मकावानपुरका एमाले सांसद महेश बर्ताैला मल माग्न सिंहदरबारमा

२६ मंसिर, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी सांसद महेश बर्ताैला रसायनिक मल माग्दै सिंहदरबार पुगेका छन । सोमबार सांसद बर्तौलासहितको टोलीले कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मासँग भेटेर मकवानपुरको जनताको माग अनुसार मल माग्यो ।

चुनावअघि र चुनावपछिको घरदैलोमा सबैभन्दा बढी जनताको बीचबाट मल अभावको गुनासो आएपछि सांसद बर्तौलाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कृषि मन्त्रालयको सचिवसँग भेटेर जनताको मागको विषयमा ध्यानाकर्षण गराएका हुन । यद्यपी बर्तौलाले कृषिमन्त्री समेत रहेका प्रधानमन्त्री देउवालाई नै भेटेर जनताको गुनासो राख्न आएको भए पनि त्यो अवसर नपाएको बताए । काठमाडौँका जनतालाई तरकारी खुवाउने मकवानपुरको जनताले नै मल नापएपछि कृषि उपजको उत्पादनमै समस्या हुने भएकाले तत्काल मल उपलब्ध गराउन सांसद बर्तौलाले माग गरे ।

बर्तौलाले कृषि मन्त्रालय पुग्नु अघि हेटौंडाको साल्टट्रेनिङ, कृषि सामाग्री कम्पनि लिमिटेड, बागमती प्रदेशको कृषि मन्त्रालय हुँदै आज संघीय सरकारको कृषि मन्त्रालय सम्म पुगेर किसानले मल नपाएको विषयमा ध्यानाकर्षण गराउँदै चाँडो मल उपलब्ध गराउन माग गरेका थिए ।

मकवानपुरका किसानले मल नपाउँदा तरकारी तथा अन्न बाली लगाउनका लागि समस्या भोगिरहेका छन । सांसद बर्तौलाले मकवानपुरमा थाहा नगर, मनहरी गाउपालिका जस्ता स्थानिय संघीय राजधानीको प्रत्येक भान्छामा मकवानपुरको तरकारी पाक्ने गरेको भएपनि अहिले त्यहाँका किसानले मल पाउन नसकेको बताए । अहिले तरकारी खेतिको सिजन हुँदा पनि रासाइनिक र युरिया मलको अभाव हुँदा ठुलो समस्या भोग्नुपरेको बर्तौलाले बताए ।

नेपालले लेराउने मलको १२ प्रतिशत मात्रै बागमती प्रदेशले पाउने गरेको र त्यसबाट मकवानपुरले पाउने गरेको थोरै मलबाट खेती गर्न समस्या भएको मन्त्रालयले खेतिको समयमा खेती नहुने जिल्ला वा प्रदेसले पाउने गरेको मलबाट मकवानपुर मल पठाउन र मलको अभाव परिपुर्ति गर्न आग्रह गरे ।थाहा नगरपालिकाका स्थानीय डाक्टर रामहरी लामिछानेले मकवानपुरका जनताको जिवन्स्तर खेतीमा निर्भर रहेको र सरकारले मकवानपुरलाई छुटाइएको कोटा उत्पादन र खेतिको आधारमा अपुग रहेको वताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १७:३५