२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?

२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।

कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दुवैजनाले एकअर्कालाई बधाई साटासाट गरेका थिए । निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समीक्षा गरेका प्रचण्ड र केसीबीच बालाजु बाईपास–ककनि (रानिपैवा)त्रिशुलि“ अस्तवस्त रुपमा रहेको पुरानो पासाङल्याम्मु राजमार्ग छिटोभन्दा छिटो बनाउने विषयमा पनि कुराकानी भएको छ ।

अर्थतन्त्र सुधारको विषयमा गठबन्धन दलहरुबीच साझा अवधारणा तय गरि र सहकार्य गरि अणाडि बढ्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १६:५१