२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सरकारले सत्ता स्वार्थका लागि अभियुक्तलाई उन्मुक्ति दिन खोज्योः कमल थापा

२६ मंसिर, काठमाडौं । राप्रपा नेपालले रेशम चौधरीलाई छाड्न ल्याउन खोजेको अध्यादेशप्रति आपत्ति जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेशप्रति आपत्तिजनक जनाउँदै तत्काल रोक्न माग गरेका हुन् ।

थापाले भनेका छन, ’सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पुर्वसन्ध्यामा गंभीर अपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी ल्याउन खोजिएको अध्यादेश आपत्तिजनक छ।लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोकिनुपर्छ ,।’

जेलमा रहेका रेशम चौधरी, सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लवका नेताविरुद्ध अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्न सरकारले फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्ने अध्यादेश ल्याउने आइतबार निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १६:२६