१६.९७ अकंले बढ्याे सेयर बजार, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
२६ मंसिर, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । केहि दिन देखि निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने सुधार आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँको कारोबार भएको हो ।
साेमबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि बम्पर लाभांश दिन घोषणा गरेसँगै कम्पनीको सेयर आज २१ करोड ३२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो । आज समिट लघुवित्त र सिवाईसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १५:२४












