२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

परमादेशी गठबन्धन जोगाउन रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय, कानुन संशोधन गर्न अध्यादेश

२५ मंसिर, काठमाडौँ । सरकारले परमादेशी गठबन्धन जोगाउन रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधन गरेर टिकापुर हत्याकाण्डका मुख्य योजनाकार चौधरीलाई आममाफी दिने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

चौधरी माथि टिकापुरमा नेपाल प्रहरीका एसएसपी र २ बालकसहित ९ जनाको हत्या हुँदाको मुख्य योजनाकार बनेको आरोप लागेको छ । चौधरीको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ । चौधरीलाई अध्यादेश ल्याएर उन्मुक्ति दिनका लागि केहीदिन अघि कांग्रेसका रामचन्दे पौडेल, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ र माधवकुमार नेपालले जेलमै पुगेर प्रतिवद्धता जनाएका थिए ।

नयाँ सरकार बनउँदा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन रेशम चौधरीलाई पनि आममाफी दिने निर्णय गरेको हो । सरकारले त्यसका लागि अध्यादेश तयार गरेको छ । अध्यादेशको मस्यौदा अनुसार रेशम चौधरीसहित सिके राउत र विप्लव माओवादी कार्यकर्तालाई पनि त्यसले राहत दिनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १९:०५