३१.९७ अकंले घट्याे सेयर बजार, सिवाईसी र समिट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट
२५ मंसिर, काठमाडौं । साताको पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा भारी अंककाे गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ ।
आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको हो । यस दिन सबै उपसूचकहरु घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । आइतबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।
कम्पनीको आज १० करोड ९३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन सिवाईसी नेपाल र समिट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नाडेप लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १५:२०












