२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जनकराज ढुंगानाद्धारा छात्रवृत्ति कोष निर्माण गर्न नुवाकोटको एक विद्यालयलाई एक लाख प्रदान

२५ मंसिर, नुवाकोट । बालसेना भनेर चर्चित नुवाकोट बोलकोटगढीका जनकराज ढुंगाना कालुले स्थानीय एक विद्यालयमा छात्रवृत्ति कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका छन । हाल अमेरिकामा बसोबास गरिहरहेका ढुंगानाले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ९ मा रहेको श्री शिलासिता आधारभूत विद्यालयमा छात्रवृत्तिको कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका हुन ।

उनले घोषणा लगत्तै मोबाइल बैंकिङ मार्फत विद्यालयको खातामा एक लाख रूपैयाँ ट्रान्सफर गरेको दैनिकीलाई जानकारी दिए । ढुंगानाले सामाजको परिवर्तनका लागि विद्यालयहरू सशस्क्त हुनुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले आफ्नो सहयोगले गरिब विद्यार्थीका लागि राहत पुग्ने भएकाले सकेको सहयोग गरेको बताए । ढुंगानाले यसअघि पनि बेलकोटगढी ८ को एक विद्यालयका लागि एक लाख रूपैयाँ सहयोग गरेका थिए ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १३:२९