२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

जनताबाट तिरस्कृत पार्टीमा रहनुको अर्थ नहुने भन्दै दुई केन्द्रीय सदस्यले छाडे माधव नेपालको समाजवादी

२५ मंसिर, तनहुँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका दुई नेताले पार्टी परित्याग गरेका छन् । पार्टी नेतृत्वको गलत कामलाई साथ दिन नसकिने र जनताबाट तिरस्कृत पार्टीमा रहनुको अर्थ नहुने भन्दै दुई जना केन्द्रीय सदस्यले सो पार्टी परित्याग गरेका छन ।

केन्द्रीय सदस्य तथा तनहुँ इञ्चार्ज चित्र थापा र केन्द्रीय सदस्य रेखा थापा बस्यालले पार्टी त्यागेको पत्र केन्द्रीय अध्यक्ष माधव नेपाललाई पठाएका हुन् । ‘हामी एउटा कुनै कम्युनिष्ट समूहमा आवद्ध हुनुभन्दा समग्र बाम एकताको पक्षमा उभिने निर्णयमा पुगेका छौं, सवै नेताहरुलाई एकताको पक्षमा लाग्न हार्दिक अनुरोध पनि गर्दैछौं,’ अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा भनिएको छ ।

पत्रमा बिद्रोह गरी नयाँ बनेको पार्टीले आफ्नो कुनै पनि उदेश्य पूरा नगरेको र गलत बाटो लिएको प्रष्ट भएपछि आफूहरुले पार्टी त्यागेको पनि उनीहरूको भनाइ रहेको छ । नेतृत्वमा गम्भीर बिचलन र सिमित नेताको ब्यवस्थापन गर्ने शैली रहेको र यस्तो कामले पार्टी गठनको आधार नै सकिएको पनि पत्रमा उल्लेख छ । उनीदुबै जना पुनः नेकपा एमालेमा फर्किने तयारीमा रहेका छन ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १३:१४