१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नुवाकोट अमेरिका सम्पर्क समितिले मनायो दोस्रो वार्षिकोत्सव

२५ मंसिर, न्यूयोर्क । नुवाकोट अमेरिका सम्पर्क समितिले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । भर्चुवल रूपमै वार्षिकोत्सव मनाइएको र समितिले गरेका कामहरूको समिक्षा भएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिए ।

समितिका सभापति विज्ञान खनालको सभापतित्वमा भएको कार्यक्रमामा समितिका सबैजसो सदस्यले सहभागिता जनाएका थिए । समितिले नुवाकोटको विभिन्न स्थानमा सामाजिक क्रियाकलाप गर्दै आएको छ । समितिले विशेषगरी नुवाकोटको शैक्षिक उन्नतीका लागि काम गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख ढुंगानाले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:२२