३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

आइतबार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर


२५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद मुल्य १३१ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ९४ पैसा कायम रहेको को छ ।

यता, युरोपियन युरो एकको खरिददर १३८ रुपैया ६६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८९ रुपैयाँ २० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ ९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:०१

https://srdb.com.np/