१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१० हाइड्रोपावरले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

२५ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १० हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत यी कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका हुन् ।

यी मध्ये कतिपय कम्पनीहरुले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् भने कतिपयले साधारण सभा मिति सार्वजनिक गरेका र गर्दै छन् । लाभांश प्रस्ताव गर्ने १०  कम्पनीमध्ये सबैभन्दा धेरै रिडी पावर घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४२.१० प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ । कम्पनीले ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेकाे हाे ।

त्यस्तै, चिमिले जलविद्यु कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २२ गते एजीएम बाेलाएकाे छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुकक्लोज गर्दैछ ।

युनाइटेड इदी मर्दीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । यस कम्पनीले सेयरधनीकाे लागि नगद लाभांश मात्रै दिने भएकाे हाे । युनाइटेड मोदीले मंसिर १६ गते बुक क्लोज गरेर मंसिर २८ गते साधारण सभा बोलाएको छ ।

माउन्टेन इनर्जीले पनि १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । याे कम्पनीले पनि सेयरधनीकाे लागि नगद लाभांश मात्रै दिने भएकाे हाे । माउण्टेन इनर्जीले पुस ८ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले सभा प्रयोजनका लागि मंसिर २७ गते बुक क्लोज गर्दैछ ।

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेकाे छ । त्यस्तै, अरुण काबेली पावरले पनि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । यी दुबै कम्पनीले लाभांश प्रस्ताव साधारणसभाबाट पारित गरिसकेका छन् । अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद गरी कूल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । याे कम्पनीले साधारण सभा मिति घोषणा गरेकाे छैन् ।

पाँचथर पावरले पनि सेयरधनीकाे लागि ७ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे छ । कम्पनीले साधारण सभा मिति घोषणा गरेकाे छैन् । साथै, नेपाल हाइड्रो डेभलपर्सले ५ प्रतिशत बोनस र ०.०२६ नगद गरी कूल ५.०२६ प्रतिशत लाभांश र सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। यीमध्ये नेपाल हाइड्रो डेभलपर्सले साधारणसभा मिति घोषणा गरेकाे छ भने सानिमा माई हाइड्रोपावरले साधारणसभाबाट लाभांश पारित गरिसकेकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १०:०४