२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

बागमती प्रदेशमा एमालेबाट दिनेशचन्द्र देवकोटा र अप्सरा चापागाईसहित १४ सांसद छानिए (सूचीसहित)

२४ मंसिर, काठमाडाैँ । नेकपा एमालेबाट बागमती प्रदेशसभाका लागि राष्ट्रिय योजना अायोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटासहित १४ जना सांसद छानिएका छन । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समानुपातिकको बन्द सूचीबाट सांसद हुनेहरूको नाम छनौट गरेको छ । एमालेको निर्णय अनुसार सांसदका लागि सिफारिस भएकाहरू यस प्रकार रहेका छन ।

बाग्मती प्रदेश
खसआर्य
पुरुष
1. दिनेशचन्द्र देवकोटा काठमाडौं
2. हरि प्रसाद सापकोटा चितवन
महिला
1. भारती पाठक मकवानपुर
2. अप्सरा चापागाई (घिमिरे) ललितपुर
3. माया कुमारी कार्की रामेछाप
आदिबासी जनजाती
पुरुष
1. आनन्द कुमार श्रेष्ठ रामेछाप
2. ज्ञान बहादुर तामाङ काभ्रे
3. ठूला थामी दोलखा
महिला
1. विन्दु श्रेष्ठ काठमाण्डौ
2. माईली तामाङ्ग सिन्धुपाल्चोक
3. सुकुमाया तामाङ्ग सिन्धुली
4. सकुन्तला श्रेष्ठ (राजभण्डारी) भक्तपुर
5. उर्मिला सुनुवार दोलखा (अल्प संख्यक)
दलित
1. बालकुमारी विश्वकर्मा काठमाडौ

प्रकाशित मिति : December 10, 2022 at 9:14 pm