२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ समानुपातिक सांसद, दीपक बोहोरा परेनन् (सूचीसहित)

२४ मंसिर, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि १३ जना समानुपातिक सांसद चयन गरेको छ । रास्वपाले शनिबार निर्वाचन आयोगमा १३ जना सांसदको नाम सिफारिस गरेको छ । समानुपातिक सूचीको विषयमा रास्वपाका केही विवाद भएको भए पनि अन्तिममा सहमतिकै आधारमा सांसदको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ ।

पार्टी सभापति रवि लामिछानेका मुख्य सहयोगी दीपक बोहोराले पनि क्लस्टर मिचेर सांसद हुने प्रयास गरेका थिए तर समानुपातिकमा भएका अन्य नेता कार्यकर्ताको तीब्र बिरोधपछि त्यो सम्भव भएन । केही दिनदेखि नेता कार्यकर्ताहरूले क्लस्टर मिचेर सांसद छानिए बिद्रोह हुने भन्दै चेतावनी दिएका थिए ।

आयोगमा रास्वपाले बुझाएको सूचीमा डा ढाकाकुमार श्रेष्ठ, डोलप्रसाद अर्याल, असिम साह, मनिष झा, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, अशोक चौधरी, तपेश्वर यादव, डा चन्दा कार्की, निशा डांगी, सन्तोष परियार, शिव नेपाली र विनिता कठायत परेका छन । रास्वपाले प्रत्यक्षतर्फ ७ क्षेत्रमा चुनाव जितेको थियो ।

जसमा पार्टी अध्यक्ष रवि लामिछाने चितवन २ बाट, हरि ढकाल चितवन १ बाट, डा तोसिमा कार्की ललितपुर ३ बाट, सोभिता गाैतम काठमाडाैँ २ बाट, शिशिर खनाल काठमाडाैँ ६ बाट, गणेश पराजुली काठमाडाैँ ७ बाट र विराजभक्त श्रेष्ठ काठमाडाैँ  ८ बाट विजयी भएका छन ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १६:३९