कञ्चनपुरमा ७ वर्षीया बालिका विद्यालयको कक्षामै बलात्कृत, दण्डहिनताले अपराध बढायो
४ असोज, काठमाडाैँ । कञ्चनपुरमै फेरि ७ वर्षिय बालिका बलात्कृत भएकी छिन । कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ बंकस्थित एक विद्यालयमा पढ्ने ७ वर्षीया बालिकामाथि कक्षाकोठामै ‘बलात्कार’ भएको हो । ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकको स्वास्थ्य परीक्षणका लागि सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा लगिएको जनाइएको छ । विद्यालयबाट भाग्दै आएकी बालिकाले स्थानीय प्रहरीलाई आफूमाथि बलात्कार भएको जानकारी गराएकी थिइन ।
बालिकाकै बयानको आधारमा १० वर्षीय बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणपछि मात्रै बलात्कार भएको हो–हैन भन्ने विषय यकीन हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २०:३७