५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नवीनकुमार घिमिरे अख्तियारको प्रमुख आयुक्तमा नियुक्त, प्रधानन्याधीश मिश्रबाट पद तथा गोपनीयताको सपथ ग्रहण

४ असाेज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन् । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएका घिमिरेलाई अाज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा प्रधानन्याधीश अाेमप्रकाश मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । अाज बसेको संसदीय सुनुवाइ विशेष समितिको बेठकबाट सर्वसम्मत रुपमा घिमिरेको नाम अनुमोदन भएको थियो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवौं प्रमुख आयुक्तमा घिमिरेलाई नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २०:००