यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य ?
२३ मंसिर, काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा ५६, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैयाँ, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती ११० रुपैयाँ, किवि १७५ रुपैयाँ, अकबरे खुर्सानी २३५ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८४ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ४० रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ३७६ रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा, लोकल परवर ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ५३ रुपैयाँ र हरियो धनिया ११६ रुपैयाँ ६७ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रकाशित मिति : December 9, 2022 at 12:33 pm









