३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर


२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ १८ पैसा कायम रहेको को छ । बिहीबारको अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैया ११ पैसा बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, बिहिबार सिंगापुरे डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ।

यसैगरी, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९ रुपैयाँ ६५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९९ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:०९

https://srdb.com.np/