२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले सचिवालय बैठक अन्तिम समयमा स्थगित, यस्तो छ कारण

२३ मंसिर, काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको थियो । केहीबेरअघि अध्यक्षको सचिवालय मार्फत बैठक स्थगित भएको सूचना संप्रेषण गरिएको छ ।

समानुपातिक तर्फका उम्मेदवार चयनका लागि निर्वाचन आयोगले दलहरूका लागि केही सहुलियत दिएका कारण त्यसमा बसेर केही उम्मेदवारलाइ कसरी ल्याउने भन्ने विषयमा आजै गृहकार्य जारी रहेकाले बैठक स्थगित भएको बुझिएको छ । एमालेले भोलि बिहान ११ बजे स्थगित भएको बैठक बस्ने जनाएको छ ।

समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समिक्षाका लागि बैठक डाकिएको बताइएको थियो । निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:१२