२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

सिद्धार्थ बैंककाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२३ मंसिर, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

ताेकिएकाे समयभित्र उक्त सेयर खरिदका लागि कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : December 9, 2022 at 11:49 am