७ असार २०८३, आइतबार | Sun Jun 21 2026

न्यायाधीशले एनजिओ चलाएर दातृ संस्थासँग चोचोमोचो मिलाउदा न्यायपालिका बिग्रियोः युवराज संग्राैला

२३ मंसिर, काठमाडाैँ । कानुनका जानकार प्रा डा युवराज संग्राैलाले न्यायाधीशले एनजिओ चलाएर दातृ संस्थासँग चोचोमोचो मिलाउदा न्यायालय स्वतन्त्र हुन नसकेको बताएका छन । केही दिनयता पटक पटक सामाजिक सञ्जालमा यस विषय दोहोर्याइरहेका संग्राैलाले शुक्रबार पुनः न्यायाधीशहरूको एनजिओ गमन स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरित रहेको बताएका छन ।

नेपाल सरकार पूर्व महान्यायाधिवक्ता समेत रहेका संग्राैलाले कानुन व्यवसयाीहरूले अदालतको दलको संगठन स्थापना गर्न पनि नपाउने बताएका छन ।

संग्राैलाको टिप्पणी यस्तो रहेको छ ।

समाज हरेक दिन अराजक हुँदै जांदैछ। मानिस तर्क होइन गाली र घृणालाइ अभिव्यक्ति आन्दोलन बनाइरहेका छन । गजबको कुरा र सामाजिक संजाल बाट आफुलाइ सभ्य भन्नेहरु “हिसा र घृणा”लाई प्रेरित गरीरहेका छ्न ।

१. कानुन ब्यवसायीहरुले अदालतमा दलका संगठन खोल्न पाइंदैन। मेरो दृढ अडान छ।

२. न्यायाधीशले एन्जीओ चलाएर दातृ संस्था सङ्ग चोचोमोचो गर्ने कुरा न्यायापालीकाको स्वतन्त्रता स्वच्छता प्रतिकुल नै हुन्छ।

३. समुल कानुन ब्यवसायीलाई गाली गर्दै अदालत परीसरमा पसेर जुत्ता हान्ने उग्र बिद्रोह मान्य हुन्न।

४. भ्रस्टाचार गर्ने, बिचौलीया पाल्ने र न्यायापालीकालाइ राजनीतिको अखडा बनाउने प्रधानन्यायाधीश र न्यायाधीशलाई दुधले धुने प्रवृत्ति झन घातक छ।

परीबर्तन द्रोह होइन। गाली र घृणाको भाषा बोलेर लोकप्रिय हुने प्रवृत्तिले देश र समाजलाई अराजक र फोहोर बनांउछ। सामाजिक संजाललाई प्रयोग गरेर समग्र ब्यवसायलाइ अपमान गर्न बन्द गर्नुहोस।

प्रकाशित मिति : December 9, 2022 at 12:01 pm