ठूलो दल बनाइदिएकोमा मतदातालाई देउवाको धन्यवाद, काँध थाप्ने प्रचण्ड र माधवले पाएनन्
२३ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको सबैभन्दा ठूलो दल बनाइदिएकोमा मतदातालाई धन्यवाद दिएका छन । उनले शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत मतदातालाई धन्यवाद दिएका हुन ।
मतदातालाई धन्यवाद दिए पनि नेपाली कांग्रेसलाई पहिलो दल बनाउन वातावरण बनाइदिने र मतदान समेत गरिदिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने धन्यवादमा सम्झिएनन् । फेसबुक पेजमा धन्यवाद नेपाल लेखिएको पोस्टकार्ड सेयर गर्दै उनले भनेका छन, ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।’
प्रिय मतदाता,
नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।

प्रकाशित मिति : December 9, 2022 at 10:52 am









