२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

रसुवागडी हाइड्राेपावरकाे सेयर ३ बर्षसम्म बिक्री गर्न नपाइने

२२ मंसिर, काठमाडाैं ।  नेपाल धिताेपत्र बाेर्डले रसुवागढी हाइड्राेपावरकाे सेयर ३ बर्षसम्म बेच्न नमिल्ने जनाएकाे छ । धिताेपत्र बाेर्डले एक सूचना जारी गर्दै कम्पनीले रसुवा जिल्लाका स्थानीयवासिका लागि बिक्री बितरणा गरेकाे सेयर बाँडफाँड भएकाे ३ बर्ष पुरा नभएसम्म बिक्री वितरणा गर्न नपाइने जनाएकाे हाे ।

’ रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूकाे लागि बिक्री वितरण गर्न बाेर्डबाट स्वीकृत भएकाे विवरणपत्रमा “ यस विवरणपत्र मार्फत आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूलाइ बिक्री वितरण गरिने शेयर बाँडफाँड भएकाे तीन बर्ष पुरा नभएसम्म बिक्री वितरणा गर्न पाइने छैन” भन्ने व्यहाेरा खुलाएकाे र साे विवरणलाइ आयोजना प्रभावित क्षेत्रका वासिन्दाले शेयर खरिद गरेकाे सन्दर्भमा विवरणपत्रमा उल्लेखित व्यवस्था बमाेजिम तीन बर्ष पूरा नभएसम्म विक्री वा हस्तान्तरण गर्न नसकिने व्यहाेरा निर्णायानुसार अनुराेध गर्दछु,′ धिताेपत्र बाेर्डले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : December 8, 2022 at 5:16 pm