६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

दाेहाेराे अंकले घट्याे सेयर बजार, १ अर्ब ६५ करोडकाे काराेबार

२१ मंसिर, काठमाडाैं ।  साताको चौथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा सुधार आउन सकेको छैन । साताको पहिलाे काराेबारकाे दिन सामान्य अकंले बढेकाे सेयर बजार साेमबारबाट निरन्तर घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेकाे छ ।

यस दिन कूल २४६ वटा कम्पनीकाे ८० लाख ९२ हजार ७ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटन उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । आज सानिमा बैंकको प्रोमोटर सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६७ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.०९ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४० रूपैयाँ ५० पैसा पुगेकाे छ । आज नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १५:३९