२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

आज घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२० मंसिर, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार  सुनको मूल्य घटेकाे छ । लगातार ५ दिन बढेकाे सुनकाे मूल्य मंगलबार भने घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै आज छापावाल सुनकाे मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

दाेस्राे काराेबारकाे दिन साेमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। साेमबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:२५