२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

सुपरमादी हाइड्रोको आईपीओ खुल्यो, क- कसले दिन पाउछन् आवेदन ?

२० मंसिर, काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबार (आज)बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ। कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले सेयर पाउने छन्। यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारीगर्ने छ। यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

प्रकाशित मिति : December 6, 2022 at 9:26 am